२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजधानीमा भेटिए ४१ वटा सवारीसाधन, ट्राफिक प्रहरीद्वारा फिर्ता



 

काठमाडौं
राजधानीका विभन्न स्थानमा ४१ वटा सवारीसाधन भेटिएका छन् । ट्राफिक प्रहरीले ती दुई पाङ्ग्रे सवारीसाधन आइतबार सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,
नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा ती सवारीसाधन खोजी गरेपछि फेला परेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।