१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मितेरी सहकारी प्रकरण: ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतमा १७ करोड ठगी मुद्दा दायर



ललितपुर । मितेरी बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अदालतमा दायर अभियोगपत्रअनुसार, गुरुङले सहकारी संस्थाका १४२ जना बचतकर्ताको रकम ९ करोड ८८ लाख २५ हजार ११३ रुपैयाँ अपचलन गरेकी बताइएको छ।

अभियोगपत्रमा उल्लेख छ कि उनीले ब्याजसहित जम्मा १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ। साथै, उनले अन्य प्रतिवादीहरूसँग मिलेर बैंक खातामा ३ करोड ३७ लाख ४९ हजार ६२० रुपैयाँ र अन्य ठगी रकम गरी कुल १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ठगी गरेको अभियोग छ।

ज्योति गुरुङसहित ज्योती बहादुर भण्डारी, सुवास खत्री, अर्जुन आरम, प्रदीप (प्रितम अधिकारी), सुरेश अधिकारी, विजय कुमार राई र कुम्भराज गुरुङलाई समेत प्रतिवादी बनाइएको छ। केही प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी गर्न पनि अदालतमा माग गरिएको छ।

उनीहरूविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन र सङ्गठित अपराध निवारण ऐन बमोजिम सजायको माग गरिएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।