२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोगबुको होटलमा लगेर सम्बन्ध बिच्छेदको छलफल गर्ने भन्दै आफ्नै श्रीमतीको हत्या



काठमाडौं

सम्बन्ध बिच्छेदको छलफल गर्ने भन्दै गोगबुको होटलमा लगेर एक पुरुषले आफ्नै श्रमितीको हत्या गरेको रहस्य खुलेको छ ।

काठमाडौं प्रहरीका अनुसार २०८२ साउन २७ गते सम्बन्ध बिच्छेदको छलफल गर्ने भन्दै बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीले आफ्नै श्रीमती २७ वर्षीया ललिता विकलाई काठमाडौं महानगरपालिका–२६ गोगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ लिएर बसेका थिए ।

ललितको उक्त होटलमा बोलाई हत्या गरेको खुल्न आएको र
उनका श्रीमान सेञ्चुरी फरार थिए ।

ललिताको हत्या भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पर्सा वीरगंजबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी सहमती भई दुबै जना भिन्न बस्दै गरेको प्रहरीको भनाई छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।