ललितखबर
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘माग्नेराजा’ले देशभरबाट १५ करोड व्यापार(ग्रस कलेक्सन) गरे कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक पाउने भएका छन् ।
एक टेलिभिजन कार्यक्रममा कलाकार घिमिरेले निर्माता मुनाल घिमिरेले १५ करोड व्यापार गरे ६१ लाख दिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
सोही कार्यक्रममा निर्देशक ऋषि लामिछानेले १५ करोड व्यापार गरे ६१ परिश्रमिक दिनु पर्ने बताए ।
केही दिन अघि घिमिरेलाई ६१ लाख पारिश्रमिक दिइएको पुष्टि गर्दै ७ लाख ५० हजार आन्तरिक राजस्व कार्यालयलाई कर तिरेको रसिद सार्वजनिक भएको थियो ।
आउँदो भदौं ६ गते शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा ‘माग्नेराजा’ प्रर्दशन सुरु हुँदैछ ।
चलचित्रमा केदार घिमिरे ‘माग्नेबुढा’, बर्षा सिवाकोटी,विल्सनविक्रम राईलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको निर्देशक ऋषि लामिछाने हुन् भने मुनाल घिमिरेले चलचित्र निर्माण गरेका छन् ।
अभिनेता घिमिरेलाई निर्देशक लामिछानेले हिरोको रुपमा डेव्यु गराएका हुन् । घिमिरेले पाएको यो नै सर्वाधिक पारिश्रमिक रकम हो । यस अघि अभिनेता अनमोल केसीले कर कार्यालयमा ५० लाख रुपैयाँको कर तिरेको रसिद तिरेको पुष्टि गरेका थिए ।
२ भाद्र २०८२, सोमबार
100
Shares








प्रतिक्रिया