ललितखबर
नेपाली चलचित्र क्षेत्रमा कतिसम्म खेल र झेल हुन्छ भन्ने कुरा भर्खरै अभिनेत्री स्वस्तिमा खड्काले सार्वजनिक गरेको एउटा भिडियोबाट पुष्टि गरेकी छिन् ।
पछिल्लो समय चलचित्र वसन्त प्रर्दशनपछि अभिनेत्री खड्का र गायक तथा अभिनेता प्रकाश सपुतबीच मनमुटाव भएको सार्वजनिक भयो । दुबैबीच बोलचाल बन्द भएको र पानी बाराबारको अवस्था रहेको तथ्य बाहिर पाएपछि दुबैले भिडियो मार्फत पानी जुठो पानी खाएर दिएका छन् ।
चलचित्र हरिबहादुरको जुत्ताको प्रर्दशनको पुर्वसन्ध्यामा यस्तो समाचार सार्वजनिकपछि नयाँ फण्डा देखिएको हो ।
प्रसंग हो चलचित्र हरिबहादुरको जुत्ताको गीतको प्रचारको । भदौं २ गते चलचित्रको गीत सार्वजनिक गर्ने योजनालाई भिडियोमा अभिनेत्री स्वस्तिमा र प्रकाशसँगै सिता न्यौपाने देखिन्छिन् ।
भिडियोमा दुबै जना असझिलो पाराले बोलेका छन् । मन नलागी बोलेजस्तो । कलाकार न्यौपानेले दुबैलाई बोल्न आग्रह गरेकी छिन् ।
विज्ञापनमा उनीहरुले एक अर्काले जुठो पानी खाएको देखिन्छ ।
यस बर्षको दशैंको फुलपातीको दिनबाट चलचित्र बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता प्रर्दशनको तयारीमा छन् ।
तीनै वटा चलचित्र दर्शकलाई हलसम्म ल्याउन होलबाजीमा छन् ।








प्रतिक्रिया