अन्ततः अभिनेत्री निरुता सिंह नेपाल फर्किएकी छिन् । मुम्बइबाट आइतबार राती नेपाल आएकी हुन् ।
अभिनेत्री निरुताले अब आफू कही पनि नजाने र निरन्तर नेपाली चलचित्रमा काम गर्ने बताएकी छिन् ।
निरुताले भनिन्,‘चलचित्रबाट अफर आएपनि विभिन्न कुराहरु नमिलेर काम गर्न पाएको थिइनँ ।’
नायिका सिंहले चलचित्र ‘दाल भात तरकारी’पछि नयाँ चलचित्रमा काम गरेकी छैनन् । उनी छायांकनको तयारीमा रहेकोे चलचित्र ‘३६ को आँकडा’मा काम गर्न लगेकी छिन् ।
यो चलचित्रमा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए ।
यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा र निरुता सिंहले चलचित्र ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।








प्रतिक्रिया