१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फर्जी कागजातको भरमा बीमा प्राधिकरणको अध्यक्ष बनेका अध्यक्ष ओझा पदमुक्त



काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले ओझाको योग्यताको विवाद सार्वजनिक भएपछि छानबिन गर्न गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य थिए। समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाउँदै ओझाको योग्यतामा प्रश्न उठाएको थियो।

समितिले ओझाको योग्यताबारे तीन वटा प्रश्न उठाएको थियो। समितिको अध्ययनअनुसार, बीमा प्राधिकरणको अध्यक्षका लागि आवश्यक उच्च व्यवस्थापन क्षेत्रको अनुभव ओझासँग पर्याप्त नभएको उल्लेख गरिएको छ।

समितिले कानुनअनुसारको मापदण्ड पूरा गर्न उनीसँग सम्बन्धित क्षेत्रमा थप अनुभव आवश्यक पर्ने निष्कर्ष निकालेको हो। स्रोतका अनुसार, समितिले उनको कार्यक्षमतामाथि पनि प्रश्न उठाउँदै कार्यशैली पदअनुकूल नभएको निष्कर्ष निकालेको छ।

आचरण र नियमित कामकारवाहीमा देखिएका कमजोरीलाई समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। तर समितिले प्रतिवेदनमा पदमुक्तको सिफारिस भने नगरेको, अन्तिम निर्णय सरकारकै हातमा छाडिएको जनाएको थियो।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।