ललितखबर
चलचित्र माग्नेराजाका अभिनेता केदार घिमिरेले स्कूले जीवनका कष्टकर दिनहरु सुनाएका छन् ।
चलचित्र प्रबद्र्धनका लागि काठमाडौंको जावहिलस्थित एक विद्यालय पुगेका अभिनेता घिमिरेले आफूले विद्यालय जाँदा स्कूल ड्रेस लगाउन नपाएको अभावका कुरा सुनाए ।
स्कूल ड्रेसका कुरा गर्दा ‘दशैंका लुगा छँदैछन् नि’ भन्दै उतिबेला घरकै कपडा लगाउनु पर्ने बाध्यता रहेको बताए ।
ऋाफूहरु माटोमा घिरेली खेलेर कपडा त्यात्ने र बा आमाले जस्ता पाताको कपडा सिलाईदिने भनेर तर्साउने गरेको बताए ।
आफूले पढेको विद्यालयमा कक्षा कोठा समेत नभएको भन्दै अहिलेका वालवालिकाहरु राम्रो भवनमा पड्ने गरेको राम्रा कपडा लगाएको तर्क गरे । उनले भने,’तपाईहरु भाग्यमानी हुनुहुन्छ । बाबा आमाहरुलाई कहिले पनि नपिर नपार्नु होला ।‘
दक्षिण ललितपुरको प्युटारमा जन्मेर ठींगनमा हुर्केका कलाकार घिमिरे दक्षिण ललितपुरको गोटीखेलस्थित महाकाल मावि र भट्टेडाँडास्थित महाकालीदेविमा अध्ययन गरेका थिए ।
चलचित्रका निर्देशक ऋषि लामिछानेले पढ्न नसकेको अज्ञानी र गरिव सडकको एउटा मानिस कसरी धानी बन्न सक्छ र सपना देख्छ भन्ने कथामा चलचित्र बनेकाले सबै विद्यार्थीहरुलाई चलचित्र हेर्न आह्वान गरे । भने, ‘सबैले चलचित्र हेरिदिनु होला । ’








प्रतिक्रिया