३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्वश्रीमतीको उजुरीमा प्रहरी इन्सपेक्टर पक्राउ



ललितपुर । पूर्वश्रीमतीले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीका इन्सपेक्टर दिनेश गुरुङ पक्राउ परेका छन्। ललितपुर प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी चक्रराज जोशीका अनुसार अदालतले गुरुङलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ। केही दिनअघि गुरुङ पूर्वश्रीमतीको घर पुगेपछि झगडा भएको र कुटपिट गरेको भन्दै जाहेरी दर्ता भएको थियो। पीडितले बलात्कारसमेत गरेको आरोप लगाउँदै जाहेरी दिएकी छिन्।

तर इन्सपेक्टर गुरुङले भने आरोप अस्वीकार गर्दै आफू बच्चा भेट्न गएको बेला विवाद हुँदा कुटाकुट मात्र भएको र जाहेरी रिसइवीका कारण दर्ता भएको बताएका छन्।

गुरुङ हाल नेपाल प्रहरीको १ नम्बर गणमा कार्यरत छन्।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।