काभ्रेपलाञ्चोक्
काभ्रे पाँचखाल सडकमा मोटरसाइकलले ट्रक उछिन्ने क्रममा दुर्घटनामा परेर युवकको निधन भएको छ ।
प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका ८ का ३५ वर्षीय रुपेश खरेलको निधन भएको छ ।
पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको निधन भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका उहाँलाई धुलिखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।








प्रतिक्रिया