काठमाडौं। पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजमा अध्ययनरत एक विद्यार्थी अपहरणमा परेको प्रकरणमा प्रहरीले लुटपाट र स्कुटर चोरी गर्ने समूहलाई पक्राउ गरेको छ।
उक्त विद्यार्थीलाई अपरिचित व्यक्तिहरूले स्कुटरमा राखेर एकान्तमा लगेका थिए, मोबाइल लगायतका व्यक्तिगत सामान लुटेका थिए र पछि छाडेका थिए।
पक्राउ पर्नेमा रामेछाप घर भइ हाल ग्राण्डी बस्ने २० वर्षका प्रकाश तामाङ,काभ्रेका २२ वर्षका मिलन तामाङ, नुवाकोटका २५ वर्षका संग्राम राई, सुनसरीका २१ वर्षका दिपेश लिम्बु, वर्ष १६ स्याङ्जाका साहिल क्षेत्री र मकवानपुर (टोखा बस्ने) २७ वर्षका शम्भु माझी रहेका छन् ।
प्रहरी प्रभाग गोङ्गबुका इन्स्पेक्टर शरणविक्रम शाह र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानपछि उनीहरूलाई क्रमशः म्हेपी पुल र काभ्रेस्थलीबाट पक्राउ गरेको छ।
जाँचका क्रममा स्कुटर चोरी गरेर लुटपाट धन्दा चलाउने समूह भएको पत्ता लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका माझीको साथबाट चोरीको स्कुटर बरामद गरिएको छ। माझीले उक्त स्कुटर अरूसँग खरिद गरेको बयान दिएको छ। त्यस्तै, समूहसँगबाट दुई वटा चोरीको स्कुटर पनि बरामद गरिएको छ।








प्रतिक्रिया