काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) फिल्म ‘माग्ने राजा’को रिलिजको तयारीमा व्यस्त भए पनि उनले प्रचारभन्दा बढी महत्त्व दिन्छन् — बुवाको आशीर्वाद।
बुधबार बिहानै केदार मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगे। उनले भने, “हामी घरपरिवार छाडेर दौडधुप गरिरहेका हुन्छौं। आशीर्वाद लिएपछि फर्किंदा रिलिफ पनि हुन्छ। म हरेक रिलिजअघि घरमा आउँछु र बुवाको आशीर्वाद लिन्छु।”
८० वर्षीय बुवाले छोरासँग मजाक गर्दै भने, “अब त धेरै कर तिर्ने कलाकार भएछस्!” घर पुग्दा केदारको पारिश्रमिकबारे पनि उनले कुरा सुनेको बताएका थिए। तर, कुरो यत्तिमै टुंगिएन; बुवाले छोराले आफ्नो अधुरो कलाकारिताको सपना पूरा गरेकोमा गर्व व्यक्त गरे।
केदारले फिल्मी करियरको सुरुवात ‘मेरी बास्सै’बाट गरेका थिए र अहिले ‘माग्ने राजा’सम्म आइपुगेका छन्। उनका लागि, रिलिजअघि बुवाको आशीर्वाद लिने परम्परा अहिलेसम्म कायम छ।
फिल्म ‘माग्ने राजा’ शुक्रबारबाट रिलिज हुँदैछ।








प्रतिक्रिया