२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको दमाईटारमा खुकुरी प्रहार गरी डकैती गर्ने दुई जना पक्राउ



 

ललितपुरको दमाईटारमा खुकुरी प्रहार गरी डकैती गर्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा संलग्न र्ती दुई जना सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खटाङ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका–१७ शिवटोल बस्ने २६ वर्षीय सिमन राई र महालक्ष्मी नगरपालिका–३ ईमाडोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुलेगोदावरी नगरपालिका १४ ठैब दमाईटार सडकमा भदौ १ गते राति बि एएच ९३४५ नम्बरका ट्याक्सी चालकलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

ट्याक्सी चालकमाथि आक्रमण गरेपछि उनीहरुले नगद, मोबाइल एवम् चाँदीको सिक्री समेत डाँका चोरी गरी फरार भएको थिए ।
घटनाको अनुन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ललितपुर महालक्ष्मी नगरपालिका १ शिवटोलबाट पक्राउ गरेको बताइएको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग र डाँका चोरी कसूरमा जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिइएको छ ।

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।