१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा कवाडी नहटाउन उच्च अदालत पाटनको अल्पकालिन आदेश जारी



काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई तत्काल कवाडी नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

अदालतले वडानम्बर ५ को वडा कार्यालयद्वारा असार २३ गते ७ दिनभित्र कवाडी हटाउने निर्णयको खारेजी माग गर्दै दायर गरिएको मुद्दामा सो आदेश दिएको हो। अदालतका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।

मुद्दा माँ राजदेवी टेर्डसकी सञ्चालक रन्जुदेवीले दायर गरेकी थिइन्। काठमाडौं महानगरपालिकाले हालसम्म महानगरको क्षेत्रमा रहेका कवाडी हटाउँदै आएको थियो। कवाडी व्यवसायीहरूले महानगरको यो कदम अत्याचार हुने भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।