१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एकसाथ तीन नेपाली फिल्म शुक्रबारबाट प्रदर्शनमा



काठमाडौं । शुक्रबारबाट देशभरका सिनेमा हलहरूमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। प्रदर्शनमा आएका फिल्महरूमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’, ‘माग्ने राजा’ र ‘ताराहरू’ रहेका छन्।

मल्टिप्लेक्स हलहरूले पहिलो दिन ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘माग्ने राजा’ लाई राम्रो शो उपलब्ध गराएका छन् भने ‘ताराहरू’ लाई भने औसत शो दिएका छन्। तर, यी फिल्महरूको वास्तविक व्यापार दर्शकको वर्ड अफ माउथ पब्लिसिटीले निर्धारण गर्ने अनुमान गरिएको छ।

हिमाल न्यौपाने निर्देशित ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले कोरिया जान संघर्षरत एक युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। ‘पूर्णबहादुरको सारंगी’ पछि विजय मुख्य भूमिकामा देखिएको यो पहिलो फिल्म हो। यसमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगरलगायत कलाकारको अभिनय छ। फिल्म पेपरक्लिपको ब्यानरमा बनेको हो।

यस्तै, आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ पनि शुक्रबार रिलिज भएको छ। मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर बनेको यस फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ। गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा निर्माता रहेको फिल्ममा निर्देशक शर्माको नै कथा समावेश गरिएको छ।

त्यसैगरी, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ मा केदार घिमिरेशुक्रबारबाट (माग्ने बुढा) पहिलोपटक मुख्य भूमिकामा देखिएका छन्। मुनाल घिमिरे निर्माताको रूपमा रहेका फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको कथा रहेको छ। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मले हास्य र सामाजिक कथावस्तु प्रस्तुत गरेको छ।

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।