एकै दिन राजधानीका तीन स्थानमा चोरी भएको छ ।
शुक्रबार ललितपुरको गोदावरी २ विशंखु, काठमाडौंको बालाजु र कपुरधारामा चोरी भएको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ गोदावरी नगरपालिका २ विशंखु बस्ने बालकृष्ण गुरूङको घरबाट सुनका गरगहना र नगद चोरी भएको हो ।
उनको घरबाट करिब ३ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका–१६ बालाजु खरिबोटको एक डेरामा पनि शुक्रबारै चोरी भएको छ ।
सो स्थानमो गोरखा घर भएकी २३ वर्षीया पुष्पा थापाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ४ लाख ७१ हजार रूपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ कपुरधारा पोख्रेली टोलको अर्को डेरामा सोही दिन चोरीको घटना घटेको छ ।
सोस्थानमा गोरखा घर भएकी २७ वर्षीया लक्ष्मी गुरूङको कोठाबाट सुनका सिक्री १ थान र नगद समेत गरी करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै तीनै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया