२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र निर्माणमा जुट्दै गायक रामकृष्ण ढकाल, वर्कशप जारी, छायांकनको तयारी



काठमाडौं
चलचित्र निर्माणमा गायक रामकृष्ण ढकाल चलचित्र ‘मालती मंगले’ निर्माणमा जुटेका छन् ।
भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को वर्कशप (कार्यशाला) काठमाडौंमा भइरहेको छ ।
चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो । वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू सहभागी छन् ।

‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईँले तयार पारेका छन् ।
वर्कसपको क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास बताए । अभिनेत्री वर्षा राउतले वर्कसपलाई आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा लिएको बताइन्। भनिन्, “वर्कशपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु।“
चलचित्रको छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए ।

 

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् । निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।