१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘मन्त्र’ युट्युबमा  सार्वजनिक (हेर्नुस् चलचित्र)



काठमाडौं
नेपाली चलचित्र ‘मन्त्र’ युट्युबमा सार्वजनिक गरिएको छ ।
चलचित्रमा सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको यस चलचित्रमा हरितालिका तीजको अवसर पारेर ‘मन्त्र’को युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको छ भने  बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ् टि शेर्पालगायतका कलाकारहरूको अभिनय छ ।

साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनको पटकथा छ । रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको चलचित्रमा देवेन्द्र मानन्धर कार्यकारी निर्माता छन् ।

चलचित्र ‘मन्त्र’ २०७९ वैशाख १६ गतेबाट देशभर प्रर्दशन भएको थियो । ओटिटि प्लेटफामको चलनचल्ती बढेपछि युट्युवमा चलचित्रहरु पोष्ट गर्ने चलन हराउदै गएको छ । युट्युवमा केही समयपछि नै हेर्न पाउने भएपछि दर्शकहरु हलसम्म नजाने प्रबृद्धि रहेको पाइन्छ ।

चलचित्रको निर्देशन खिलबहादुर गुरुङले गरेका छन् ।

 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।