२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आलोकाँचो कलाकार ‘मिस पवि’को यो कस्तो घमण्ड ?



ललितखबर
सञ्चारमाध्यमहरुमा कलाकारहरुका गतिविधिहरुको विभिन्न चर्चा परिचर्चा भइरहन्छ । अनेकौं गसिप लेखिन्छन् । चर्चा चुलिन्छ ।

असली(जेन्युन) कलाकारहरु असिपमा रमाउछन् । आफ्नो चर्चालाई शिरमा राखेर परिपक्क बनाउदै सुधारिन्छन् । गसिपको सहारा लिएर कला क्षेत्रमा फड्को मार्छन् ।

कतिपय कलाकारहरुलाई आफ्नोबारे सिने बजारमा चर्चा गसिप नबन्दा औडाहा हुन्छ । कला क्षेत्रका कतिपय व्यक्ति छोटा कपडा लगाएर स्टेज नै भत्काउने गरेर उफ्रेको देखिन्छन। सञ्चारमाध्यमहरुमा चर्चा हुँदा ‘मलाई वाल छैन’भन्ने शैलीमा ‘बरु बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने उखानलाई आर्दश बनाइरहेका पाइन्छन् ।

तर सामाजिक सञ्जाल टिकटकबाट उदाएकी कलाकार पवित्रा साकीको फुर्तीफार्ती भने सिनेमा बजारमा हेरिनसक्नु छ ।
पछिल्लो समय चलचित्र माग्नेराजाकी कलाकारको रुपमा पर्दामा देखिएकी उनले अभिनय गर्न नसकेको तथ्य बाहिर आयो । सञ्चारमाध्यमहरुमा उनको चर्चासँगै चलचित्र निर्माण टिम विरुद्ध विष ओकल्दै गरेको देख्न सुन्न पाइएको छ ।
करोडौं लगानी गरेर एउटा निर्माताले र आफ्नो करिअर दाउमा राखेर निर्देशकले मिस पविलाई चलचित्र क्षेत्रमा प्रवेश गराउनु नै ठूलो कुरा हो ।
एउटा सिनमा देखिन महिनौं धाएर कलाकार बनेका अभिनेताहरुलाई लाज लाग्ने गरी ‘म माग्नेराजा हेर्दिन’ भन्दै पक्कै राम्रो होइन । चलचित्र निर्माता निर्देशकले भेट्न समेत अटेर गरिरहेको चर्चाले मिस पविको घमण्डको नखरा र ताण्डव शैली लाजमर्दो छ ।

मिस पवि जी कलाकार बन्न साधना चाहिन्छ । तवलावाधक आशा गोपालको प्रेरणा र वाल्यकालदेखिको साधनाले नारायण गोलाप स्वरसम्राट बने । आज चलचित्र क्षेत्रमा हरिवंश र मदनकृष्ण पनि उसै मह बनेका होइनन् ।
त्यसैले मिस पविजी असल कर्म गर्नुस् । साधना गर्नुस् । अझें सिक्नुस् । आफूलाई निर्खानुस् । अनि कुकुर घुके जसरी बजारमा जस्तो पनि हल्ला खल्ला चल्छ । यो नविर्सनु कि बजारमा घुक्ने हरेक कुकुरलाई ढुंगा हान्दै जाने हो भने गन्तव्यमा पुग्न ढिला हुन्छ । त्यो शिखर अरुले नै पहिले चुमिसक्छ । हेरेको हे¥यै भइन्छ ।
त्यसैले आफ्नो बारेमा चलेका हल्लालाई गसिप सम्झेर रमाउनु । अघि बढ्नु । तपाईको भविश्य उज्वल हुनेछ । हाम्रो शुभकामना

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।