२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जिरो डिग्री’ फिल्म घोषणा, विजय बराल मुख्य भूमिकामा



काठमाडौं । गत वर्षको ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ घोषणा गरेका छन्। सोमबार पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरिएको हो।

राजन भुसालले लेखेको कथामा आधारित फिल्मको पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। कथा सडक नभएको गाउँमा विदेशमा रहेका छोराछोरी आइपुगुन्जेलसम्म मृतकको शव डीप फ्रिजमा सुरक्षित राख्ने प्रसङ्ग र त्यसपछि उत्पन्न हुने घटनाक्रममा केन्द्रित छ। निर्देशकद्वयले यसलाई ‘लाइट कमेडी’का रूपमा प्रस्तुत गर्ने बताएका छन्।

फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्। कार्यकारी निर्माता मोती कार्की हुन् भने वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। संगीत अंकितबाबु अधिकारीको रहनेछ भने गीत युवराज काफ्लेले लेख्नेछन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा कलाकारको अनुहार होइन, डीप फ्रिज बोकेर खोला तारिरहेका मानिसहरूको दृश्य देखाइएको छ, जसले कथाको केन्द्रीय प्रसङ्गलाई प्राथमिकता दिएको छ।

‘जिरो डिग्री’को छायांकन तिहारपछि सुरु हुने र आगामी वर्ष प्रदर्शन गर्ने योजना निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।