काठमाडौं । काठमाडौंमा कवाड व्यवसायी, संकलक र मजदुरहरूले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका छन्। उनीहरूले संविधानले दिएको व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, कुटपिट र अपहरण रोक्ने, प्रहरीको ज्यादतीको कानुनी कारबाही, जिउ–धनको सुरक्षा र विगत दुई वर्षमा भएको क्षतिको क्षतिपूर्तिको माग गरेका छन्।
कवाड व्यवसायीहरूको पाँचबुँदे मागअनुसार, काठमाडौं महानगरबाट भइरहेको ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने र सम्बन्धित प्रहरीमाथि कानुनी कारबाही हुनुपर्ने उल्लेख गरिएको छ। उनीहरूले सरकारले तुरुन्त हस्तक्षेप गरी व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।








प्रतिक्रिया