२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा नयाँ प्रमुख जिल्ला अधिकारी



काठमाडौं । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पदबहाली गरेका छन्। पदबहालीसँगै उनले कार्यालयका कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र गुनासो रहित बनाउन निर्देशन दिएका छन्।

साथै, कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन र कार्यालयलाई सूचना प्रविधिमैत्री बनाएर नागरिक सेवासँग आवद्ध गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यसअघि रिजालले सुर्खेत, झापा र तनहुँमा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी सुर्खेतमा एक वर्ष, झापामा एक वर्ष र तनहुँमा ११ महिना प्रजिअ भएर काम गरिसकेका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।