काठमाडौं । ललितपुरबाट ठूलो मात्रामा नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १ करोड बराबरको रकमसहित सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले पक्राउ गरेको हो ।
प्रहरी महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङका अनुसार करिब ९०/९१ लाख भन्दा बढी रकम रहेको भन्ने सूचनाका आधारमा सो व्यक्ति नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने व्यक्ति गौरव स्याङ्तान रहेका छन् । तर उनको थप परिचय खुलाइएको छैन । अहिले प्रहरीले बरामद रकमको यकिन गन्ने काम भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ








प्रतिक्रिया