२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा १ करोडसहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न



ललितपुर । ललितपुर भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका हुन् ।

उनी अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।उपत्य का प्रहरी कार्यालय र ललितपुरबाट खटिएको प्रहरीले उनको डेराबाट ९१ लाख ५० हजार नगद र १ थान पैसा गन्ने मेशिन बरामद गरेको छ ।
उनको डेरामा १ केजी ५ सय ग्राम गाँजा पनि भेटिएको छ । अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग गरिएको ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको छ । उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।