२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माग्नेबुढा’ केदार घिमिरे ब्याडमिन्टन खेल्दा चोट, कुमको हड्डीमा फ्याक्चर



काठमाडौँ । चर्चित कलाकार तथा ‘माग्नेबुढा’ नामले चिनिने केदार घिमिरे खेलकुदका क्रममा घाइते भएका छन्। ब्याडमिन्टन खेल्ने क्रममा लडेका घिमिरेको दायाँ कुममा चोट लागेर हड्डी भाँचिएको छ।

एभरेष्ट हस्पिटलका डा. सम्पूर्ण महर्जनका अनुसार, उनको दायाँ क्ल्याभिकल (काँधको हड्डी) को डिस्टल भागमा ‘चिप फ्याक्चर’ भएको पाइएको छ। चिकित्सकका अनुसार अहिले उनलाई हात प्रयोग गरेर कुनै पनि गतिविधि नगर्न र कम्तीमा चार हप्ता पूर्ण आराम गर्न सल्लाह दिइएको छ।

घिमिरेको मुख्य भूमिका रहेको माग्ने राजा हाल हलहरुमा प्रदर्शन भइरहेको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।