२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भारी वर्षाले कोटेश्वर–भक्तपुर सडकखण्ड अवरुद्ध, यात्रुबाहक बस फस्यो



काठमाडौँ । लगातारको वर्षाका कारण कोटेश्वर–भक्तपुर सडकखण्डको सृजनानगर क्षेत्रमा यात्रुबाहक बस फसेको छ। मंगलबार बिहानको वर्षाले सडक जलमग्न भएपछि अरनिको एक्सप्रेसको बस नालीमा फसेको हो। बसलाई निकाल्ने प्रयास भइरहेको भए पनि सडकमा पानी जमेका कारण उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरूलाई ठूलो असुविधा भएको छ। वर्षासँगै सडकको जल निकास प्रणाली कमजोर हुँदा बारम्बार यस्तो समस्या देखिने गरेको स्थानीयले गुनासो गरेका छन्।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।