२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हैजाका २ सय २६ जना बिरामी भेटिए



वीरगञ्ज (पर्सा)
वीरगञ्जमा २ जना २६ जना हैजाबाट सङ्क्रमित बिरामी फेला परेका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छ ।
उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना  झाडाका बिरामी आएकामा १ सय ६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उनले जानकारी दिएका छन् । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
बुधबार साँझसम्म १ सय १० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।