२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बीपी राजमार्गमा पहिरो पन्छाएपछि गाडी सञ्चालन



काभ्रे । रोसी गाउँपालिका-१२, माम्तिमा गएराति खसेको पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी सञ्चालन सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, जेसीभीको सहायतामा पहिरो पन्छाएपछि बिहीबार बिहानबाट दुईतर्फी रुपमा गाडी चल्न थालेको हो।

गत वर्षको बाढीले क्षतविच्छेद भएको राजमार्ग अहिले पनि बाढीपहिरोको उच्च जोखिममा रहेको छ। जोखिमलाई मध्यनजर गर्दै, स्थानीय प्रशासनले रातको समयमा यहाँ गाडी चलाउन निषेध गर्दै आएको थियो।

प्रहरीले यात्रु र सवारी चालकहरूलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।