१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता नाजिरले प्रतिश्पर्धी चलचित्रको प्रिमियरमा दिए शुभकामना



ललितखबर
प्र

प्रर्दशनको तयारीमा रहेको चलचित्र गुलावीका अभिनेतासहित टिमले नै प्रतिश्पर्धी चलचित्र कोशेढुंगाको प्रिमियरमा उभिएर शुभकामना दिएका छन् ।
बुधबार अपरान्ह सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित प्रिमियरमा अभिनेता नाजिर हुसेन, अनुपम श्रेष्ठ र निर्देशक समुन्द्र भट्ट पुगेका हुन् ।
चलचित्र हेरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिदै अभिनेता हुसेनले सबै कलाकारहरुको अभिनय मन परेको बताए । भने,‘मन ढक्क बनाउछ ।’
निर्देशक समुन्द्र भट्टले निर्माता दिनेश खड्काले फोन गरेर चलचित्र हेर्न टिमलाई नै निम्ता दिएको बताइन् । भनिन्, ‘फोन गरेर सहकार्य गर्न प्रस्ताव गरेपछि हामी आयौं । हामी एक रथका दुई पाङ्ग्रा बनेर सहकार्य गर्न तयार छौं ।’

उनले चलचित्र हेरिरहँदा कतिपय ठाँउमा मन चसक्क भएको र रुन मन लागेको बताइन् । भनिन्, ‘चलचित्रको प्रर्दशनसँगै हुँदा प्रतिश्पर्धाको महसुस भएको छैन ।’
अर्की अभिनेत्री अनुपमा श्रेष्ठले सबै कलाकारहरुको अभिनय अब्बल लागेको प्रतिकृया दिइन् ।
चलचित्र कोशेढुंगा आज असोज १२ गतेबाट प्रर्दशन हुँदैछ । भने चलचित्र गुलावी असोज १३ गते बाट प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।