काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर बिष्टका अनुसार मृत्यु हुनेहरूमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।
घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश बिक र जिप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनामा परेका जिप उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको थियो।








प्रतिक्रिया