ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले इतिहास नेतृत्वको, कथा महासंघको समेटेर तयार पारेको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदैछ । पत्रकारिता क्षेत्रमा संलग्न महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष, कार्य समिति, केन्द्रीय पार्सद समेटिएको यस पुस्तकमा संस्थाको गतिविधि र यात्रालाई उजागर गर्ने उद्देश्यले प्रकाशन गर्न लागिएको हो ।
यसमा ललितपुर शाखाको स्थापना कालदेखि आजसम्मको ऐतिहासिक यात्रालाई सुव्यवस्थित ढंगले अभिलेखीकरण गर्ने कार्य अहिलेको कार्य समितिले सम्पन्न गरेको छ । उक्त पुस्तकको विमोचन समारोह पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ को प्रमुख आतिथ्यतामा सम्पन्न हुँदैछ ।
त्यसैगरी, उक्त कार्यक्रममा वि.सं. २०८१ सालको एसईई परीक्षा र २०८२ सालको कक्षा १२ उत्तीर्ण भएका नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्यहरुका छोरा / छोरीहरुलाई विशेष सम्मान गरिनेछ ।
यस सम्मानले उनीहरूको मनोबल उच्च बनाउन मद्दत गर्ने आयोजकले विश्वास लिएको छ । उक्त कार्यक्रम भदौ १४ गते, शनिबार, ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा बिहान ०७:३० बजेदेखि हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया