काठमाडौँ
काठमाडौँ महानगरपालिका ३२ जडीबुटीस्थित आकासे पुल नजिक सडकमा ‘पार्क’ गरिएको बसमा तीब्र गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको निधन भएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा निधन भएको हो ।
सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।








प्रतिक्रिया