२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ले निर्माण गरेको चलचित्र ‘सोल्टिनी’ भाइटिकाबाट प्रर्दशनको घोषणा



काठमाडौं

‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ले निर्माण गरेको चलचित्र ‘सोल्टिनी’ भाइटिकाबाट प्रर्दशनको घोषणा गरिएको छ । यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन्।

एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ’सोल्टिनी’को नयाँ प्रर्दशन मिति घोषणा गरिएको छ । प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ ।

यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरे। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ।

चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माताहरू हुन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।