काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको १ लाख ९९ हजार ४ सय रुपैयाँभन्दा करिब १ हजार २०० रुपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ३६० रुपैयाँमा पुगेको छ। बिहीबार चाँदीको मूल्य २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको थियो। सुन र चाँदीको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ र लगानीकर्ताको आकर्षण बढ्नु प्रमुख कारणका रूपमा देखिएको छ।








प्रतिक्रिया