२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सुम्निमा’ बाट बाहिरिइन उपासना



काठमाडौं । निर्देशक मिलन चाम्स को निर्देशनमा बेलायतमा छायांकन भइरहेको फिल्म ‘सुम्निमा’ बाट नायिका उपासना सिंह ठकुरी बाहिरिएकी छिन्।

उपासना सिंह ठकुरीले निर्माण टोलीसँग केही कुरामा असमझदारी भएपछि आपसी सहमतिमा फिल्मबाट अलग हुने निर्णय गरेको बताएकी छन्।

निर्माण पक्षले भने, उपासना बाहिरिए पनि फिल्मको छायांकन रोकिएको छैन र अब उनको ठाउँमा अर्को नायिकालाई ल्याउने तयारी भइरहेको छ।

फिल्ममा कुन्साङ बोमजोम, अनुप विक्रम शाही, अंकित पाख्रिन लामा लगायतका कलाकारको पनि अभिनय रहनेछ। यो फिल्म एक प्रेम कथामा आधारित रहेको निर्माण टोलीले जनाएको छ।

निर्देशक मिलन चाम्स ले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।