१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जेरी अन टप’को टिजर विश्वव्यापी ट्रेन्डिङमा पुगेपछि अभिनेता अनमोल खुशी



 

चलचित्र ‘जेरी अन टप’को टिजर विश्वव्यापी ट्रेन्डिङमा पुगेपछि अभिनेता अनमोल केसी खुशी भएका छन् ।

चलचित्र ‘जेरी अन टप’को टिजरले चार दिनमै १५ भन्दा धेरै अर्गानिक भ्यूज पाउदै नेपालसहित एक दर्जन बढी देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
युट्युबमा टिजर हिट हुनुको पछाडि प्रशंसकहरू रहेको उल्येख गरेका छन् । सामाजिक सञ्चारमा उनले लेखेका छन्,‘चलचित्र ‘जेरी अन टप’को टिजर विश्वको हरेक कुनाबाट मेरा प्रशंसकहरू, साथीहरू र शुभचिन्तकहरूलाई, ममाथि विश्वास गर्नुभएकोमा, मेरो कडा परिश्रमलाई मात्र नभई मेरो सम्पूर्ण टोलीको अथक प्रयासलाई पनि मान्यता दिनुभएकोमा धन्यवाद ।’

नेपालमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको टिजर अष्ट्रेलिया, जापान, माल्टा, कतार, यूएइ, साउदी अरब, कुबेत लगायतका देशमा पनि ट्रेन्डिङमा परेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रको टिजरमा समावेश सगरमाथाका दृश्यहरू, ब्याकग्राउन्ड म्युजिक, सिनेमेटोग्राफी, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन् ।

सुयोग गुरुङको निर्देशन तथा सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यो फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ ।
आगामी असोज ३१ गते प्रदर्शन हुने चलचित्रमा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।