काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई शुभकामना दिदै मेयर शाहले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका छन् । उनले भनेका छन्,
‘हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज एकाविहानै चीनको तियान्जिनतर्फ प्रस्थान गरेको सन्दर्भमा मेयर बानेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।
पछिल्लो समय मेयर वालेन शाह र प्रधानमन्त्रीबीच चिसो सम्बन्ध भइरहेको सन्दर्भमा मेयर शाहले प्रधानमन्त्री ओली प्रति सकारात्मक धारणा सार्वजनिक गरेका हुन् ।एमालेबाट निर्वाचनमा विजयी महानगरकी उपमेयर सुनिता ढंगोल र मेयर बालेन शाहबीच पनि लामो समय द्वन्द्व थियो । गएको असारको अन्तिम साता बजेटका सन्दर्भमा सहमती भएपछि दुबै मिलेर अघि बढ्ने प्रतिबद्धता उपमेयरले व्यक्त गरेपछि केन्द्र सरकारसँगको द्वन्द्व मन्थर भएको आकलन गरिएको छ ।
१४ भाद्र २०८२, शनिबार
12
Shares







प्रतिक्रिया