ललितपुर
ललितपुरको सातदोबाटो सडकमा मोटरसाइकल दुर्घटनापछि युवकको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा बा.७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको थियो । सो दुर्घटनाको क्रममा चालक काठमाडौं महानगरपालिका–३२ बालकुमारी बस्ने दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको निधन भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया