१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउमा नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

गत शुक्रबार तोलामा २ लाख ६ सय रुपैयाँमा कारोबार हुँदै हालसम्मकै महँगो बनेको सुन आइतबार फेरि ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो। यस्तै, चाँदीको भाउ पनि आज नयाँ उचाइमा पुगेको छ। अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।

सुन–चाँदी मूल्य बढ्नुलाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ। विश्लेषकहरूका अनुसार विश्व बजारमा सुनको माग बढ्दै जाँदा मूल्यमा निरन्तर वृद्धि भएको हो।

उनका अनुसार विश्वका ठूला लगानीकर्ताहरूले अन्य क्षेत्रभन्दा सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोजेकाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगो भएको हो। त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।