काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंले चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गा चेकपोइन्टमा १०२० एम्पुल लागु औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार राजविराजबाट काठमाडौं तर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५४३१ नम्बरको यात्रु बस चेकजाँचका लागि रोकिएको थियो । सो क्रममा सप्तरी, छिन्नमस्ता गाउँपालिका–१ बस्ने १९ वर्षीय रंजित मेहेता झोलामा लुकाइ ल्याएको लागु औषधसहित पक्राउ परेका हुन् ।
बरामद लागुऔषधमध्ये समावेश छन्:
DIAZEPAM – ३४० एम्पुल
PROMETHAZINE – ३४० एम्पुल
BUPRENORPHINE – ३४० एम्पुल
प्रहरी वृत्त थानकोटले हाल अनुसन्धान सुरु गरेको छ । प्रहरीले आम नागरिकलाई लागु औषध सम्बन्धी अपराधबाट सचेत रहन अपील गरेको छ ।








प्रतिक्रिया