२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राति १० बजेदेखि नेपाली सेना परिचालन



काठमाडौँ
नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि परिचालित हुने भएको छ ।

सेनाले विज्ञप्तिमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न÷नगराउन आग्रह गरेको हो ।

सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातिको १० बजेदेखि दृढ रहने प्रतिबद्ध जनाएको छ ।

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।