२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वावुराम भट्टराईले भने, ‘जेन–जीले देशभर जलाएको विश्वास गर्न सकिन्न’



 

पुर्वप्रधानमन्त्री वावुराम भट्टराईले ‘जेन–जी आन्दोलनकारीले देशभर जलाएको विश्वास गर्न नसकिने बताएका छन् ।
पुर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै देशको विधिविधान केन्द्र संसद, प्रशासनिक केन्द्र सिंहदरबार, बहुदलीय लोकतन्त्रका खम्बा मानिने सबै राजनीतिक दलका कार्यालय, सबै प्रमुख दलका नेता र पूर्व प्रमहरूको निजी निवास, राष्ट्रिय मिडिया कार्यालय लगायत सार्वजनिक र निजी सम्पतिमाथि नियोजित ढंगले आगजनी गर्नु जेन–जी जस्तो प्रबुद्ध समुहको कार्य हो भनेर विश्वास गर्न नसकिने धारणा राखेका हुन् ।
राजनीतिक आन्दोलन वा क्रान्तिको क्रममा सांकेतिक रूपमा प्रमुख स्थानहरू क्षणिक रुपमा कब्जामा लिएर आफ्नो झण्डा फहराउने काम गरे पनि यसरी योजन्बद्ध ढंगले आगजनी गर्ने र ब्यक्तिमाथि सांघातिक आक्रमण गर्ने कार्य नगरिने उनले बताएका छन् ।
यस्ता घटनाको आन्दोलनकारी स्वयंले छानवीन गरेर सत्यतथ्य सार्वजनिक गर्नु उपयुक्त गर्नुपर्ने बताउदै अन्यथा यस्ता गतिविधिले आन्दोलनलाई दीर्घकालीन रूपमा ठूलो नोक्सान गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।