२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जेन–जी आन्दोलन : दक्षिण ललितपुरका संरचनामा क्षति न्यून



ललितखबर
जेन–जी आन्दोलनको क्रममा भएको आगलागीको क्रममा धेरै संरचना जोगिएका छन् ।
गोदावरी नगरपालिकामा रहेको महानगरिय प्रहरी बृत्त चापागाँउ, ठैव प्रभाग र विभिन्न प्रहरी विटहरु जलाइएको छ । गोदावरी नगरपालिका कार्यालयमा तोडफोड र आजगजी गर्न पुगेका युवाहरुलाई स्थानीयबासीले कुटपिट गरेर भगाएका छन् ।
यद्यपी नगरपालिका कार्यालयमा केही युवाहरुले ढुंगामुढा गर्दा शिशा फुटेको छ । नगरपालिकाकी उपमेयर मुना अधिकारीले स्थानीयबासीले कार्यालय घेरा हालेर बसेको कारण बचेको जानकारी दिएकी छिन् ।
दक्षिण ललितपुरस्थित वागमती गाँउपालिकाको छपेली सडकमा भने युवाहरुले प्रर्दशन गरेका थिए । प्रर्दशनकारीहरुले यहाँका प्रहरी चौकी गाँउपालिका, हुलाक, स्थास्थ्य सस्थालगायत सरकारी संरचनामा आक्रमण र तोडफोन नगरेको प्रमुख प्रकाशकीय अधिकृत वालकृष्ण थापाले जानकारी दिएका छन् ।

महाकाल गाँउपालिकामा भने आन्दोलनको कुनै प्रभाव परेन । यहाँ सबै सरकारी संरचनामा आक्रमण नभएको गाँउपालिका अध्यक्ष गणेश महतले जानकारी दिएका छन् । उनले भने, ‘स्थानीयबासीले आन्दोलनका क्रममा ज्यान जोगाएका युवाहरुप्रति दिप प्रज्वलन गरेर श्रद्धाञ्जली दिनु भएको छ । केही तोडफोड गरिएको छैन ।’
दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा पनि जेन–जी समर्थकहरुले तोडफोडमा उत्रेर सरकारी संरचनामा क्षति पु¥याएका छैनन् । अध्यक्ष कृष्णमान लामाले देशलाई नै शोक परेको अवस्थामा आफूलाई दुःख लागेको प्रतिकृया दिदै भने, ‘मैले टोपी फुकालेर हिडेको छु । राज्यको धेरै क्ष्ति भयो । दुःख लागेको छ ।’

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।