काठमाडौं
प्रधानमन्त्री बन्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार छिन् ।
भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई अन्र्तवार्ता दिदै पूर्वप्रधानन्यायाधीश कार्कीले जेनजी युवाबाट प्रस्तावप्रति विनम्रता महसुस गरेको बताइन ।
उनले अन्र्तवार्तामा भारतप्रति नरम कुराकानी गरिन् । अन्र्तवार्तामा भनेकी छिन्, ‘भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी हुँ । भारतीयहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन ।’
अर्को अन्र्तवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कामको प्रशंसा गर्दै आफू धेरै प्रभावित भएको पनि बताएकी छन् ।
जेन –जीको आन्दोलनको क्रममा युवाहरुमाथि राज्यले गोली प्रहार गरेको भन्दै उनी सडकमा समेत आएकी थिइन् ।
पूर्वप्रधानन्यायाधीश कार्की आफू न्यायाधिश कार्यरत रहँदा काँग्रेस पुर्वमन्त्री खुमबहादुर खड्कालगायतलाई भष्ट्राचारको मुद्दामा दोषी ठहर गरेर जेल पठाउने फैसला गरेकी थिइन् ।








प्रतिक्रिया