२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेन-जी आन्दोलन : अन्तरिम सरकार प्रमुखमा कुलमान घिसिङको पनि नाम



काठमाडौं । भ्रष्टाचारविरुद्ध सुरु भएको ऐतिहासिक आन्दोलनलाई नेतृत्व दिँदै आएको जेन-जी समूह विभाजित भएको छ। हिजो सम्पन्न भर्चुअल बैठकमा सहभागी एक समूहले अन्तरिम सरकार प्रमुखका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरे पनि सो निर्णयमा असहमति जनाउँदै अर्को समूह अलगिएको हो।

फुटेको समूहले सुशीला कार्की अयोग्य रहेको भन्दै उनको उम्मेदवारी अस्वीकृत गर्दै, अन्तरिम सरकार प्रमुखका लागि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम अघि बढाएको छ।

आन्दोलनको भावनाअनुरूप अन्तरिम मन्त्रीपरिषद्को नेतृत्वका लागि सबैभन्दा लोकप्रिय नाम मानिएका काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले यस प्रक्रियामा रुचि नदेखाएपछि, अब सबैलाई समेटेर लैजान सक्ने नेतृत्वका लागि कुलमानलाई ल्याउनुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, विज्ञप्तिमा उनीहरूले कानूनअनुसार सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्न नमिल्ने, र हर्क साम्पाङले सबै पक्षलाई मिलाउन नसक्ने दाबी गर्दै, अबको नेतृत्वमा कुलमान घिसिङलाई अघि सार्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।