२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बानेश्वर आन्दोलन : मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो



काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु  भएको जनाएको छ ।
मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको उनले बताएका छन् । घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् ।
सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ ।
यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।