२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेनजी आन्दोलन शहीदको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेसँगै जेनजी आन्दोलनका क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्।

उक्त निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। कहिले शोक दिवस मनाउने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले तय गर्ने छ।

गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।