काठमाडौं
स्वतन्त्र राजनीति मार्फत मेयर बन्न सफल काठमाडौंका मेयर वालेन शाह र धरानका मेयर हर्क साङपाङबीचको द्वन्द्व फेरि अर्को पटक सतहमा आएको छ ।
कठमाडौं महानगरका मेयर वालेन शाहले मेयर हर्कले आफूलाई गाली गर्ने गरेको तर आफू भने उनलाई माया गर्ने आशयको भनार्इं सामाजिक सञ्जालमार्फत लेखेका छन् । उनी लेख्छन्,‘ एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
पछिल्लो समय जेनजी पुस्ताबाट सार्वजनिक रुपमा सरकारविरुद्ध आन्दोलनको घोषणा भएपछि मेयर बालेन सबैलाई सहभागी हुन आह्वान गरे । राजधानीमा विशाल जुलुस पनि निस्कियो । तर सरकारले आन्दोलनकारीमाथि गोली चलाउदा हिंसा भड्केर देशभरका सरकारी कार्यालय र नीजि सम्पत्ती जल्यो । सरकारका जिम्मेवार व्यक्तीहरुले राजिनामा दिएपछि स्वतन्त्र व्यक्तिहरुको नेतृत्वमा सरकार बन्ने अवस्था आएपछि वालेन नेतृत्व लिन काठमाडौं आए । तर मेयर बालेनले पुर्वप्रधानन्यायाधिश सुशीला कार्कीलाई समर्थन गरेपछि द्वन्द्व चर्केको थियो ।
हर्क साङपाङ प्रधानमन्त्री त मन्त्री समेत बनेका छैनन । आफूलाई नेतृत्व नदिएको भन्दै उनी हरेक क्षढा सामाजिक सञ्जालमार्फत आगो ओकलीरहेका छन् ।
३१ भाद्र २०८२, मंगलबार
10
Shares








प्रतिक्रिया