२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालाजुमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु



काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार बिहीबार बिहान सडक क्रस गर्ने क्रममा सङ्खुवासभा, खाँदबारी नगरपालिका–७ घर भएका ६८ वर्षीय जसबहादुर मगरलाई बसले ठक्कर दिएको हो।

बागमती प्रदेश–०१–००६ ७५४३ नम्बरको महानगर यातायातको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।