१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एनआईसी एशिया बैंकका सीईओ न्यौपानेको राजीनामा, राठी कामु सीईओ नियुक्त



काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन्। बैंकको असोज २ गते बसेको सञ्चालक समितिको ७३२औँ बैठकले न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको हो।

न्यौपानेको चार वर्षे कार्यकालबाट करिब एक वर्ष बाँकी रहेको अवस्थामा उनले बुधबार राजीनामा दिएका हुन्। उनको राजीनामा दिएसँगै कायममुकायम (कामु) सीईओकाे जिम्मेवारी डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ। न्यौपाने सात वर्षसम्म बैंकको सीईओ रहिसकेका छन् र २०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।